‘८६ वर्षे नेपाल बैंक’ पोखराको लेकसाइडमा आठौं शाखा
पाेखरा | चैत १४, २०७९
पोखरा: नेपाल बैंक लिमिटेडले पोखराको लेकसाइडमा ८ औं शाखा सञ्चालनमा ल्याएको छ ।
लेकसाइडमा शाखा बैंकिङ सञ्चालनमा ल्याएसँगै बैंकले पोखरामा आठौं शाखा सञ्चालनमा ल्याएको हो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद अधिकारीले सयुक्त रुपमा लेकसाइड शाखाको उद्घाटन गरेका हुन् । शाखा बैंकको औपचारिक उद्घाटन आज भएपनि गत भदौै देखि नै शाखा सञ्चालनमा रहेको नेपाल बैंक पोखराले जनाएको छ ।

नेपाल बैंक लेकसाइड शाखाको उद्घाट समारोहमा बोल्दै पोखरा महानगरका मेयर धनराज आचार्यले नेपाल बैंकले पोखराको भित्रको आर्थिक क्षेत्रमा सहयोग पुग्ने बताए ।
‘नेपाल बैंकले पोखरामा ८ औं शाखा लेकसाइडमा विस्तार गर्दै पोखराको भित्रको आर्थिक समृद्धिको लागि सहयोग पु¥याएको छ, मेयर आचार्यले भने, ‘पछिल्लो समय सहकारीको क्षेत्रमा समस्या देखा परेको छ, त्यसमा राष्ट्रबैंकले अनुगमन र नियमन गर्नुपर्ने देखिएको छ ।’
राष्ट्र बैंक गण्डकी प्रदेश प्रमुख आर्या जोशीले बैंकिङ शाखा विस्तारले मात्र जनता बैंकिङ पहुचमा सहजै पुग्न नसकेको बताईन् ।
‘बैंकहरुको शाखा विस्तार भएको छ, तर भौगोलिक विविधताको कारण शाखामा पनि जनता सजिलै पुग्न सकेका छैेनन्, उनले भनिन्, ‘नागरिकलाई सुविधा सहितको शाखा विस्तारमा सबै बैंकहरुले ध्यान दिन जरुरी छ ।’
उनले कोभिड पछि अर्थतन्त्रमा असहज भएको र अहिले अर्थतन्त्र सुधार उन्मुख भएकाले बैशाखदेखि व्याजदर घट्ने समेत बताईन् ।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंक अन्य बैंक भन्दा भिन्न रहेको बताए ।
‘नेपाल सरकार र नेपाली जनताको शेयर भएको नेपाल बैंक पहिचान सहितको बैंक हो, निर्देशक अधिकारीले भने, ‘यो बैंकको मुख्य लक्ष्य नागरिकलाई सेवा दिनु हो, नेपालको नाम जोडिएको बैंक भएकाले जनताको सेवामा सधै अगाडि बढेको छ ।’
कार्यक्रममा पोखरा महानगरपालिका ६का वडाध्यक्ष विष्णुबहादुर भण्डारी, नेपाल बैंक गण्डकी प्रदेशकी प्रमुख सचिता पराजुली, नेपाल बैंक भुतपूर्व कर्मचारी संघका राजेन्द्रमान श्रेष्ठ लगायतले बोलेका थिए ।
वि.सं.१९९४ मा स्थापना भएको बैंकका हाल देशभरी २ सय २८ वटा शाखा रहेका छन् । त्यस्तै गण्डकी प्रदेशमा ३० शाखा र पोखरामा ८ वटा शाखा रहेको बैंकले जनाएको छ । पोखरामा १० वटा एटिएम बुथ मार्फत बैंकले सेवा प्रदान गर्दै आइरहेको छ ।
काठमाडाैं: नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबारको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णयअनुसार कार्यतालिका सा...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ । पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...

